सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका नेता, कार्यकर्ताहरूको ९० प्रतिशत समय आन्तरिक लडाइँमा नै बित्ने गरेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ, एउटा अर्कासँग जुधेको छ, अर्को अर्कासँग जुधेको छ ।’ यसरी समय खेर फाल्नु नहुने तर्क उनको छ । ८ लाख सदस्य भएको पार्टीको राजनीतिक सामाजिक सङ्गठन नै नभएको बताउँदै थापाले अब यसलाई सुधार गरेर लैजानुपर्ने बताए ।
सङ्घीयताको विषयमा उनले कागजमा सङ्घीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताए । ‘हामी ठिक तरिकाले हिँड्न सकेका छैनौँ, केन्द्रले पनि ससाना बाटो बनाइरहेको छ । त्यही बाटो प्रदेशले पनि बनाइरहेको छ,’उनले भने, ‘यो अवस्था सुधार गरेर लैजानुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
०८३ को मङ्सिर भन्दा अगाडि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
संसद् आजैदेखि खुल्छ : महामन्त्री थापा
पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दा सम्मानपूर्वक निरुपण हुनुपर्छ : महामन्त्री थापा
आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छ: महामन्त्री थापा
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा