पर्सा । विन्दवासिनी गाउँपालिका–३ ईटियाही चोकबाट सशस्त्र प्रहरीले आइतबार १ सय ४५ केजी गाँजा बरामद गरेको छ । सोही गाउँपालिका –४ मधवलबाट ईटियाहीतर्फ जाँदै गरेको बा.१५ च. ७९५६ नम्बरको कारमा सवार व्यक्तिहरूले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै कार छाडी फरार भएका थिए ।
बीओपी अमरपट्टीले कारमा चेकजाँच गर्दा गाडीको सिट र डिकीमा लुकाई छिपाई राखेको प्रतिबन्धित लागु औषध १५ पोका गाँजा फेला पारेको हो । बरामद गाँजा तथा कार इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद