सुर्खेत । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ । मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् । गए राति वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।
आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनको रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । आफन्तले आन्दोलन गरेपछि अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ असोज २०८१, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड