काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका छन्। अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहाल,उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक,उद्योगमन्त्री दामोदर भण्डारी, खानेपानी मन्त्री प्रदीप यादवलगायत नेपाल सरकारका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूले विदाइ गरेका थिए।
सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी दिएको थियो। भ्रमण दलमा प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य,परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा,प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल,परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू रहेका छन्।
संयुक्त राष्ट्रसंघको महासभा भदौ २५ देखि असोज १२ गतेसम्म न्युयोर्कमा हुँदैछ। यसको उच्चस्तरीय छलफल असोज ८ देखि १२ गतेसम्म चल्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असोज २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग मन्त्रालयका ‘छायाँ मन्त्री’ : निर्णय सांसद सुशान्त वैदिक, हस्ताक्षर प्रधानमन्त्री
एक्लै राजदूत नभेटने निर्णय लिएका बालेनले सामुहिक भेट गदै
प्रधानमन्त्रीलाई कांग्रेस सांसद् कर्णले भने- आउनुहोस्, राष्ट्रिय एकता गरौँ
राजदूतसँग प्रधानमन्त्रीले सिधा भेट नगर्ने
प्रधानमन्त्रीलाई वामदेवको खुल्लापत्र- केपी ओलीलाई छोडिदिनुस्
प्रधानमन्त्री शाहलाई रूसी समकक्षी मिखाइलको बधाई