के ट्रम्पले भारतमाथि पनि प्रतिबन्ध लगाउलान ?

एजेन्सी

विहीबार, २५ असोज २०७५, १२ : ३१
के ट्रम्पले भारतमाथि पनि प्रतिबन्ध लगाउलान ?

भारत र रुसबीच भएको एस–४०० मिसाइल सुरक्षा प्रणाली खरिद गर्ने सम्झौतापत्रमा भएको हस्ताक्षर पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक प्रतिक्रिया जनाएका छन् । ट्रम्पले चेतावनी दिँदै भारतले अब छिट्टै अमेरिकाले गरेको फैसला थाहा पाउने बताएका छन् ।

अमेरिकाले प्रतिबन्ध लगाएका देशहरुसँग व्यापारिक सम्बन्ध राख्ने देशहरुलाई पनि प्रतिबन्ध लगाउने चेतावनी ट्रम्पले दिँदै आएका छन् । 

यसका बावजुद भारतले रुससँग एस–४०० मिसाइल सुरक्षा प्रणालीसम्बन्धी सम्झौता गरेको छ र सँगसँगै इरानबाट पेट्रोलियम पदार्थ आयात गर्ने समेत बताउँदै आइरहेको छ । यसकारण ट्रम्पले भारतप्रति कडा कदम उठाउने संकेत देखिएको छ ।

अमेरिका क्याट्साअनुसार भारत जस्ता केही नजिकका सहयोगी देशहरुलाई अमेरिकाले राहत पनि दिन सक्ने अनुमान विश्लेषकहरुको छ । विशेष परिस्थितीमा अमेरिकी प्रतिबन्धबाट छुट दिन पनि सक्ने अवस्था छ तर भारतको विषयमा अन्तिम फैसला गर्ने अधिकार ट्रम्पसँग नै रहेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार इरानबाट तेल आयात गर्ने देशलाई चेतावनी दिँदै ट्रम्पले उनीहरुमाथि पनि अमेरिकाले नजर लगाइरहेको बताएका छन् ।

अमेरिकाले काउन्टरिङ अमेरिकाज एडभर्सरीज थु्र सेक्सन्स एक्ट (क्याट्सा) का अनुसार रुस, इरान, उत्तर कोरियालगायतका कैयौं देशहरुमा आर्थिक प्रतिबन्ध लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस