ज्युँदी महिलालाई पनि मृत प्रमाणित !

पत्रपत्रिकाबाट

विहीबार, २५ असोज २०७५, ०७ : ३६
ज्युँदी महिलालाई पनि मृत प्रमाणित !

बाटुलीमाया चेपाङको नागरिकतामा जन्म मिति २००१ साल छ । 

उनले राज्यले दिने बृद्ध भत्ता बुझ्दै आएकी थिइन् ।

गएको साउनमा आफ्नो भत्ता लिन उनी वडा कार्यालय पुगिन् । 

कालिका नगरपालिका ११ वाङथालमा उनको घर छ । 

घरदेखि दुइ घण्टा परको वडा कार्यालय पुग्दा कर्मचारीले उनलार्य बृद्धभत्ता नपाउने बताए । 

वडा कार्यालयमा उनको मृत्यु भएको विवरण पुगेको थियो । 

मरको मान्छेले कसरी भत्ता पउने ? 

बृद्धा बाटुली गाउँमा बिलौना गर्दै हिँड्न थालिन् म त मरी सकेछु । अबदेखि भत्ता पाउन्न रे । 

केहि युवाले सोधखोज गर्दा पत्ता लाग्यो बाटुलीको निधन ०७४ सलको पुस १७ गते भएको कागजपत्र वडा कार्यालयमा रहेछ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस