वामदेव गौतमलाई सांसद बनाउने कुरा पार्टीमा निर्णय भएको छैन् : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, २४ असोज २०७५, १९ : २४
वामदेव गौतमलाई सांसद बनाउने कुरा पार्टीमा निर्णय भएको छैन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बा“की रहेको बताउनु भएको छ ।

सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा उठाउने चर्चा भइरहेका बेला अध्यक्ष प्रचण्डले सो सम्बन्धमा पार्टीभित्र निर्णय भइनसकेको प्रष्टयाउनु भएको हो । अध्यक्ष प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन आग्रह गर्नुभयो । बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई पा“च वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको दावी गर्नुभयो । उहा“ले पार्टी र सरकारको कामलाई समिक्षा गर्दै अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । अध्यक्ष दाहालले मुलुकमा लगानीको वातावरण बनाउन आवश्यक ऐन, कानुन, नीति बनाउन पनि सरकारलाई आग्रह गर्नु भयो ।

 

प्रतिक्रिया दिनुहोस