काठमाडौँ । झापाका पुराना वामपन्थी नेता लोकबन्धु कन्दङ्वासहितका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
माओवादी केन्द्र झापाले बिर्तामोडमा आइतबार गरेको राजनीति प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गरेका हुन् ।
कन्दङ्वा दुई वर्षअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यबाट राजीनामा दिएर स्वतन्त्र वामपन्थी बुद्धिजीवीको रूपमा सक्रिय थिए ।
पार्टी प्रवेश गर्दै कन्दङ्वाले जनताको भावना र ऐजेण्डा बुझेर आफ्नो कार्यदिशा तय गर्ने पार्टी माओवादी केन्द्र भएको बताए ।
पार्टी प्रवेश गर्नेमा एमालेका जिल्ला तथा नगरस्तरीय नेतासहित जसपाको विद्यार्थी संगठनका ६४ जना माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा समाहित भएको माओवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० भदौ २०८१, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने