मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिकाको समग्र व्यक्तित्व विकासका लागि राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गर्न सकोस् भनी कामना गरेका छन्।
आज मनाइँदै गरिएको ६०औँ बाल दिवसको अवसरमा उनले एक सूचना जारी गर्दै बालबालिकाको उचित पालनपोषण, शिक्षा, समग्र व्यक्तित्व विकास गर्न आवश्यक अवसर र सुविधाको व्यवस्था गर्नुपर्ने बताए। प्रदेश प्रमुख देवकोटाद्वारा जारी सन्देशमा नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरी आवश्यक नीति, कानुन र संस्थागत संरचना निर्माण गरेको उल्लेख गरिएको छ ।
उनले बाल अधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार, गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालयलगायत अन्य सरोकार भएका निकायबीच सहकार्य हुनुपर्नेमा जोड दिए।
राज्यबाट संवैधानिक, नीतिगत, कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिका अझै पनि बाँच्न पाउने अधिकार, संरक्षण पाउने अधिकार, विकास र सहभागिताको आधारभूत अधिकारबाट वञ्चित रहेका जनाउँदै प्रदेश प्रमुख देवकोटाले बाल अधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने दायित्व रहेको बताए।
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, बालअधिकारकर्मी, सामाजिक संघसंस्था, नागरिक समाज, निजी क्षेत्रले निर्वाह गर्दै आएको भूमिकाप्रति प्रदेश प्रमुख देवकोटाले हार्दिक धन्यवाद व्यक्त गरे। विसं २०६३ देखि नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २९ भदौ २०८१, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीको बजेट पूर्वनिर्धारित समयमा प्रस्तुत नहुने, डाकियो मन्त्रिपरिषद् बैठक
बागमती प्रदेशले विपद् बिमा कार्यक्रम अघि बढाउने
बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि
बागमती प्रदेशमा सर्वदलीय बैठक सुरू
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारद्वारा अनुसन्धान वृत्तिको लागि प्रस्ताव आव्हान, उत्कृष्ट १० लाई प्रति शोधपत्र एक लाख