बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बुटवल-भैरहवा सडक खण्ड अन्तर्गत तिलोत्तमा १५ कोटिहवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल यात्री रोहिणी गाउँपालिका ६ बस्ने ४० वर्षीय सुभावती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधवार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी हरिजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु