बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
बुटवल-भैरहवा सडक खण्ड अन्तर्गत तिलोत्तमा १५ कोटिहवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल यात्री रोहिणी गाउँपालिका ६ बस्ने ४० वर्षीय सुभावती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधवार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी हरिजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १४ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु