काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् । काठमाडौँमा बिहीवार भन्सार विभागको कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए। अर्थमन्त्री पौडेलले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे ।
उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताए ।
उनले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताए । उपप्रधानमन्त्री पौडेलले सेवाग्राहीसँग सहृदयी र मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गरे । सरुवा, बढुवाको प्रस्ताव लिएर कोही पनि नआउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा पौडेल अर्थमन्त्रीको जोड
स्वदेशमै अवसर सिर्जना गर्न सक्षम राजनीतिक नेतृत्व आवश्यक छ: उपप्रधानमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
वैदेशिक सहायतालाई प्राथमिकता केन्द्रित गर्छौं :अर्थमन्त्री पौडेल
प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन : उपप्रधानमन्त्री पौडेल