काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक निकायहरू लामो समय रिक्त नराख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले संवैधानिक निकायहरू लामो समय रिक्त राख्दा राम्रो सन्देश नजाने भन्दै प्रधानमन्त्रीलाई सम्भव भएसम्म शुक्रबार बस्ने संवैधानिक परिषद्को बैठकमार्फत पूर्णता दिन भनेका हुन् ।
‘तयारी छ भने भोलि शुक्रबार बस्ने परिषद् बैठकबाटै सबै संवैधानिक निकायमा फुलफिल गरौँ’, प्रचण्डको सचिवालयका एक सदस्यले प्रचण्डको भनाई उद्धृत गर्दै रातोपाटीलाई भने, ‘सबै सम्भव छैन भने जति सकिन्छ गरौँ र बाँकी छलफल गरेर गरौँला ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बुधबार बोलाएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ भदौ २०८१, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छ : प्रचण्ड
माओवादी केन्द्रले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ : अध्यक्ष प्रचण्ड
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : प्रचण्ड
वर्तमान शासन व्यवस्थाको विकल्प छैनः प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
चुनावमा गरेको वाचा बिर्सिएको छैन : प्रचण्ड