काठमाडौं । जाजरकोटमा गएराति गएको पहिरोमा पुरिएर घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर सुर्खेत ल्याइएको छ । राति २ बजे पहिरो जाँदा घाइते ११ वर्षीया सम्झना चलाउनेलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको सैनिक प्रवक्ताले बताए ।
राति भएको घटनामा ४७ वर्षीय मानबहादुर चलाउने र आमा ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घटनास्थलमै ज्यान गएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि आधारभूत स्वास्थ्य कैन्द्र बारेकोट लगिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते