२०७२ को भूकम्पपछिको पुननिर्माणमा विश्व बैंकको ऋण तथा प्राविधिक सहयोगले समयमै पुनर्निर्माण गर्ने कुरामा सहयोग पुगेको गृहमन्त्री लेखकले बताए।
विश्व बैंकले नेपाललाई ऋण दिँदा पुरा गर्नुपर्ने विभिन्न कार्य मध्ये पूर्वकार्य गर्नु बाँकी रहेकोको सिस्लेनले चासो राखेका थिए।
‘ऋणको अन्तिम किस्ता लिनुपूर्व गर्नुपर्ने पूर्वकार्य बाँकी छ। विपद् संवेदनशील सामाजिक सुरक्षा तथा अनुदान वितरण मापदण्ड पास गरिसकेपछि ऋणको अन्तिम किस्ता दिने गरिन्छ। यो ढिला भयो। विपद् व्यवस्थापनका क्षेत्रमा नेपाललाई चाहिने वित्तीय सहयोग गर्न तयार छौं,’ उनले भने।
गृहमन्त्री लेखकले आफ्नोतर्फबाट गर्नु काममा कुनै ढिलाइ नहुने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेसम्म विश्व बैंकले गरेको योगदानका लागि धन्यवाद दिए।
विपद् व्यवस्थापनका लागि ऋण भन्दा पनि बढी अनुदान सहयोगका लागि गृहमन्त्री लेखकको जोड थियो।
‘जलवायु परिवर्तन हामीले सिर्जना गरेको होइन। त्यसबाट भएको क्षति, नोक्सानी, पुनर्निर्माणका लागि हामीले ऋण मात्र बोकेर कसरी विपद् व्यवस्थान गर्न सक्छौं? त्यसैले अनुदानका परियोजनाहरु बढाउनु पर्यो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ भदौ २०८१, १७ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन