काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन् । मंगलबार बसेको कार्यपालिकाको बैठकमा उपमेयर डंगोलले बालेनले एकलौटी निर्णय गर्ने गरेको र सिंगो महानगरनै विवादमा परिरहेको भन्दै उनको कार्यशैलीप्रति उनकै अगाडी असन्तुष्टि जनाएकी हुन्।
कार्यपालिका बैठकमा डंगोलले भनिन्, 'महानगरले जारी गरेको सूचनामा प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेर लेखिएको छ । प्रमुख स्तरीय निर्णय अनुसार सूचना प्रकाशित गरिएको छ भनेपछि महानगरपालिका सबैको निर्णय हो कि होइन भन्ने कुरा आउँछ ।'
यस्तो संवेदनशील विषयमा बोर्ड बैठक बसेर छलफल नगरी मेयरस्तरीय निर्णय भनेर सूचनागएको भन्दै डंगोलले आफूसहित जनप्रतिनिधिहरुले सूचनाबाट नै सो बारेमा जानकारी पाएको बताएकी थिइन् ।
उनले शुरुमा छलफल गरेर निर्णय नगर्दा महानगरका धेरै जसो निर्णय लागु हुन नसकेको र संशोधन गर्नुपरेको बताइन । साथै डंगोलले महानगरको आर्थिक ऐनमा सहमति भएको भन्दा फरक सर्कुलर गरिएको भन्दै आपत्ति जनाएकी छन् । उनले सो ऐन कार्यसमितिले पारित गरेमा आफुलाई मान्य नहुने बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छात्रवृत्तिको विवरण जेठ पहिलो साता उपलब्ध गराउन काठमाडौं महानगरको आग्रह
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने