काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताबद्ध रहेको र रहिरहने बताएको छ । पार्टी विभाजनतर्फ अघि बढेको टीकाटिप्पणी चलिरहने पनि हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको माओवादीले दाबी गरेको छ ।
स्थायी कमिटी बैठकपछि मातहतका कमिटीलाई पठाएको सर्कुलरलाई फेरि अद्यावधिक गर्दै माओवादीले भनेको छ, ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क. जनार्दन शर्मा प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो । साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै अध्यक्षले बैठकको समापन गर्नुभयो ।’
स्थायी कमिटी बैठकमा शर्माले अध्यक्षकै वरिपरिका मान्छेले पार्टी फुटाउन लागेको भनेर गलत हल्ला चलाएको लिखित प्रस्तावमार्फत नै गरेका थिए । उनले आफू पार्टी फुटको पक्षमा नरहेको बरु पार्टी बनाउन भन्दै नेतृत्वको विकल्पको प्रस्ताव अघि सारेका थिए ।
तर सर्कुलरमा माओवादीले पार्टी निर्माणको लागि निजी स्वार्थ केन्द्रित गुट, उप-गुटजन्य प्रवृत्तिहरूलाई रहेको स्वीकार गर्दै त्यसलाई निरुत्साहित गर्दै पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै लैजानु पर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ भदौ २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन