काठमाडौं । पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । बुधबार खसेको पहिरोले अबरूद्ध सडक खुलाउने गरी निरन्तर पहल भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
राजमार्गको दैलेख कालिकोट खण्डमा पर्ने मालाचौर, दहीखोला र किट्टुभीरमा ठूलो पहिरो खस्दा सडक अबरूद्ध छ । सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोप नारायण पौडेलले पहिरो पन्छाउने काम भइरहेको र सडक संचालनमा आउन केही समय लाग्ने बताए।
उनका अनुसार मालाचौर र किट्टुभिरमा ठुलो पहिरो खस्दा सडक पुरै बगाएको छ। उक्त ठाउँमा नयाँ कटिङ्ग गर्नुपर्ने अवस्था रहेको उनले बताए । पहिरो हटाउन नेपालगञ्ज र सुर्खेतबाट ठूला मेसिन झिकाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ भदौ २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
कर्णाली राजमार्ग चार दिन बन्द हुने
वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध