एजेन्सी। केदारनाथमा हेलिकप्टर दुर्घटना भएको छ । मर्मत कार्यको लागि विमानबाट गौचर हवाई पट्टी लैजाँदै गरेको एमआई–१७ हेलिकप्टर शनिबार दुर्घटना भएको हो।जिल्ला पर्यटन अधिकृत राहुल चौबेलेका अनुसार मर्मतको लागि लैजाने क्रममा विमानले सन्तुलन गुमाउदा दुर्घटनामा परेको हो।
हेलिकप्टरमा कुनै यात्रु वा सामान थिएन् । घटनाको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको र अवस्थाको निरीक्षण गरिरहेको बताइएको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।
दुर्घटनाको वास्तविक कारण अझै पत्ता लागिनसकेकाले अनुसन्धान जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ भदौ २०८१, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोटाङ हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो
खोटाङमा हेलिकप्टर दुर्घटना
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु