काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले, विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका छन् ।
३२ औँ महानगर प्रहरी दिवसका अवसरमा बोल्दै उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनः स्थापनामा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे । ‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ ।’ प्रमुख शाहले धारणा राखे ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रहरीले गर्ने कामका विषयमा नागरिकलाई जानकारी दिन सकियो भने आपसी सम्बन्धमा रहेर काम गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ भदौ २०८१, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको नीति तथा कार्यक्रम: शहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन पूर्ण प्रतिबन्ध
काठमाडौं महानगरमा अब ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभुत स्वास्थ्य सेवा
काठमाडौँ महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोललाई
काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
काठमाडौँ महानगर आज ३१ औँ स्थापना दिवस मनाउँदै
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्नु : काठमाडौँ महानगर