शीर्ष चार नेताको नोट अफ डिसेन्ट : कांग्रेस बैठककै दुर्लभ घटना

पत्रपत्रिकाबाट

मंगलबार, २३ असोज २०७५, ०८ : ३२
शीर्ष चार नेताको नोट अफ डिसेन्ट : कांग्रेस बैठककै दुर्लभ घटना

काठमाडौं । नेपाल विद्यार्थी संघमा ३२ वर्षको उमेरहदलगायत विरुद्ध चार शीर्ष नेताले राखेको लिखित असहमति नेपाली कांग्रेसको बैठककै दुर्लभ घटना मानिएको छ ।

संस्थापनइतरको नेतृत्वले असहमति जनाउनु साधारण मानिए पनि विभिन्न समूहको नेतृत्व गरेका नेताले संयुक्त रूपमा लिखित असहमति राखेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय कृष्ण सिटौला, प्रकाशमान सिंह र पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले केन्द्रीय समितिको बहुमतको निर्णय अघि लिखित असहमति (नोट अफ डिसेन्ट) राखेका थिए ।

केन्द्रीय समिति बैठकले बहुमतका आधारमा ३२ वर्षे उमेर हद तोक्दै नेपाल विद्यार्थी संघको विधानलाई पास गरेको थियो ।

शीर्ष तहका नेता नै कांग्रेसको इतिहासमा पहिलोपटक लिखित असहमति राख्दै निर्णयका विरुद्ध ‘नोट अफ डिसेन्ट’ लेखेर बाहिरिएका थिए । यही विषयमा विवाद हुँदा मध्यरातसम्म बैठक निर्णयमा पुग्न सकेको थिएन । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

प्रतिक्रिया दिनुहोस