छानविन प्रतिवेदनमाथि नै प्रश्न : आखिर कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?

पत्रपत्रिकाबाट

मंगलबार, २३ असोज २०७५, ०७ : २७
छानविन प्रतिवेदनमाथि नै प्रश्न : आखिर कति थरी छन् पोस्टमार्टम रिपोर्ट ?

निर्मला पन्त बलात्कार, तथा हत्या प्रकरणमा छानविन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिले यसअघि नै मिडियामा आएका सुचना समेटेर सारसंग्रहवादी प्रतिवेदन तयार पारेको छ । 

समितिले छानविन होईन, सार्वजनिक सुचनालाई टिपोट मात्र गरेर प्रस्तुत गरेको देखिन्छ । 

छानविन समितिले ११ साउनमा महाकाली अञ्चल अस्पतालका डा. हरिकुमार श्रेष्ठसहित तीनजताको टोलीले शव पोस्टमार्टम गरेको उल्लेख गरेको छ । 

तर, प्राप्त पोस्टमार्टममा पाँचजना चिकित्सक संलग्न थिए । सो पोस्टमार्टम प्रतिवेदनमा डा. श्रेष्ठबाहेक डा. एमएन अन्सारी डा. सन्दीप कुमार, डा. धीरज जोशी र डा. सुदीप खनालको हस्ताक्षर छ । 

घटनाको १२ दिनपछि महेन्द्रनगर पुगेकी स्वतन्त्र अनुसन्धानता डा. ल्हामो शेर्पाका अनुसार उनले पनि तीनजना मात्र चिकित्सकको हस्ताक्षर रहेको पोस्टमार्टम प्रतिवेदन देखेकी थिईन् । 

मैले पोस्टमार्टमको हार्डकपी नै हेरेकी थिएँ, जसमा तीनजना चिकित्सकको मात्र हस्ताक्षर थियो ।, आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस