काठमाडौं । नेपाली कांग्रेसले पेशागत तथा बुद्धिजीवी विभागलाई विस्तार गरेको छ । केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा रहेको विभागमा १० जना सदस्य थपिएको छ ।
सभापति शेरबहादुर देउवाले मनोनीत गरेका विभागका सदस्यहरुमा ललितपुरका डा. लोकनाथ दुलाल, पाल्पाका डा. विष्णु बस्याल, बाँकेका डा. तबस्सुम सिद्दिकी, कैलालीका देवराज अवस्थी छन् ।
त्यस्तै चितवनका मनबहादुर थापा, सप्तरीका दिलीपकुुमार झा, मोरङका मनोज घिमिरे, दैलेखका गणेश शाही, पर्वतका डम्बरबहादुर बिक र तेह्रथुमका विजय सम्बाहाङ्फे पनि मनोनीत भएका छन् ।
कांग्रेसको विभागमा प्रमुख सहित बढीमा ५१ जनाको समिति बनाउन मिल्ने व्यवस्था छ । कांग्रेसले ७० विभाग बनाउने तयारी गरेको कांग्रेसका ५५ विभागका प्रमुख तोकिएका छन् । केही विभागले सदस्य थपे पनि अधिकांशमा प्रमुख मात्रै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)