काठमाडौं । नेपाली कांग्रेसले पेशागत तथा बुद्धिजीवी विभागलाई विस्तार गरेको छ । केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा रहेको विभागमा १० जना सदस्य थपिएको छ ।
सभापति शेरबहादुर देउवाले मनोनीत गरेका विभागका सदस्यहरुमा ललितपुरका डा. लोकनाथ दुलाल, पाल्पाका डा. विष्णु बस्याल, बाँकेका डा. तबस्सुम सिद्दिकी, कैलालीका देवराज अवस्थी छन् ।
त्यस्तै चितवनका मनबहादुर थापा, सप्तरीका दिलीपकुुमार झा, मोरङका मनोज घिमिरे, दैलेखका गणेश शाही, पर्वतका डम्बरबहादुर बिक र तेह्रथुमका विजय सम्बाहाङ्फे पनि मनोनीत भएका छन् ।
कांग्रेसको विभागमा प्रमुख सहित बढीमा ५१ जनाको समिति बनाउन मिल्ने व्यवस्था छ । कांग्रेसले ७० विभाग बनाउने तयारी गरेको कांग्रेसका ५५ विभागका प्रमुख तोकिएका छन् । केही विभागले सदस्य थपे पनि अधिकांशमा प्रमुख मात्रै छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि बस्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
खड्का र सिटौलालाई प्रश्न : विशेष महाधिवेशनले पार्टी फुटाउने भए विधानबाट किन हटाउनुभएन ?
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै