सुर्खेत। प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरण आवश्यक नरहेको बताएका छन् ।
सरकारबाट बाहिरिएपछि आफू पार्टीलाई मजबुत बनाउन लागिपरेको उल्लेख गर्दै उनले भने– 'म ७० वर्ष कट्दै छु, सधैँ नेतृत्वमा बसिरहनु पर्छ भन्ने छैन, प्रचण्ड अध्यक्ष भन्दा माथि भइसक्यो। एउटा राम्रो टिम बनेपछि म अर्का भूमिकामा जाने सोचिरहेको छु।'
भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको र सो तथ्य पुष्टि हुँदै गएको दाबी गर्दै उनले गलत कार्य गर्नेलाई माओवादी केन्द्रले नछोड्ने चेतावनी दिए । 'गलत गरे छोड्दैनौँ, यो विद्रोहको भाषा होइन', उनले भने ।
एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै उनले संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको बताए ।
पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै प्रचण्डले यो विषय एकथरी मान्छेले गलत प्रचार गर्न नियोजित रूपमा सतहमा ल्याएको बताए । पार्टी भित्र कुनै आन्तरिक विवाद नरहेको र भएका साना मसिना विवाद पनि समाधान भएको उनको जिकिर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ भदौ २०८१, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड
कम्युनिस्ट पार्टी एकता गर्ने कुराबाट थाकेको छैन : प्रचण्ड
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन : प्रचण्ड
७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड