हरेक प्रहरीको खाता चेक हुँदैछ, ख्याल गर्नुहोला :आईजीपी कुँवर

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १३ : ०५
हरेक प्रहरीको खाता चेक हुँदैछ, ख्याल गर्नुहोला :आईजीपी  कुँवर

काठमाडौं। जिल्ला प्रहरी रूपन्देहीको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले नवनिर्मित भवनको बुधवार उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले स्वार्थभन्दा माथि उठेर काम गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिए ।

 

त्यसका लागि आन्तरिक सुदृढीकरण पहिलो प्राथमिकता रहेको उनले बताए । 'हरेक प्रहरीको खाता चेक गर्दै छौं । प्रहरी अफिसरको मात्र होइन उनीहरूका आफन्त, साथीभाइको पनि चेक हुन्छ,' उनले भने, 'काम गर्दा सबैले ख्याल गर्नुहोला ।

उद्‌घाटन समारोहमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैको क्रियाशीलताले जीर्ण भवन सुविधासम्पन्न बनेको बताए । १४ करोड ९६ लाख  कार्यालय, कारागार र सामूहिक मेस भवन बनेको प्रहरी इन्जिनियर रोशन सारूले बताए ।

प्रतिक्रिया दिनुहोस