प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर : डा. शेखर कोइराला

सोमबार, २२ असोज २०७५, १५ : ४९
प्रतिपक्षको भूमिकामा काङ्ग्रेस कमजोर : डा. शेखर कोइराला

चितवन  ।  नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताउनुभएको छ । 

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताउनुभयो । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उहाँले संसदीय दल कमजोर बनेको बताउनुभयो । 

अर्काे एक प्रसङ्गमा उहाँले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताउनुभयो । नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताउनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस