विना निष्कर्ष सकियो नेकपाको सचिवालय बैठक

सफल खबर संवाददाता

सोमबार, २२ असोज २०७५, १३ : ३४
विना निष्कर्ष सकियो नेकपाको सचिवालय बैठक

काठमाडौँ । वालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । 

आज बसेको बैठकले पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिने अपेक्षा गरिएपनि त्यसबारे कुनै छलफल नै नभई बैठक स्थगित भएको हो । 

झण्डै तीन घण्टा चलेको बैठकमा अध्यक्षद्धय  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विदेश भ्रमणका विषयमा जानकारी गराएका थिए । 

असोज ५ गतेको निर्णयलाई लिएर असन्तुष्टि जनाउँदै आएका वरिष्ठ नेता नेपाल र अर्का सदस्य नारायणकाजी श्रेष्ठले आफ्ना असन्तुष्टि बैठकमा राखेको सचिवालयका एक नेताले  जानकारी दिए । बैठक २४ गते बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको पुनः बस्ने उनले बताए । 


 

प्रतिक्रिया दिनुहोस