वीरगन्ज । पर्साको तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएको तीन जनाको समूहमध्ये एकजना बिहानदेखि बेपत्ता भएका हुन ।नदीमा पौडी खेल्न गएका किशोर चार घण्टादेखि बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।
बहुदरमाइ नगरपालिकाको वडा नम्बर–२ बैरिया निवासी असलम देवानका छोरा १४ वर्षीय समीर देवान पौडी खेल्दाखेल्दै बेपत्ता भएको सशस्त्र प्रहरी निरीक्षक कपिल गिरीले बताए ।
उनले भने, ‘बहुदरमाइ मन्दिर नजिकैको तिलावे नदीमा ३ जना किशोरहरू पौडी खेल्न पुगेका थिए, लगातार परेको पानीले नदीमा पानीको सतह बढेको छ । नदीमा बाढी आएकोले पौडी खेल्न गएकाहरूमध्ये २ जना भने सकुशल निस्कन सफल भए, तर एकजना भने निस्किन सकेनन् ।
लगातार परेको पानीले नदीमा बाढी आएको बेला पौडी खेल्न जाँदा देवान बेपत्ता भएको सशस्त्र प्रहरी बल पर्साले जानकारी दिएको छ । सशस्त्र प्रहरीका अनुसार उनी बिहान साढे ११ बजेदेखि बेपत्ता भएका छन् ।
घटनास्थलमा लामो समय लगाएर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजिन गर्दा पनि बेपता देवान फेला पर्न नसकेको अलौं सशस्त्र प्रहरी बेस क्याम्पका इन्स्पेक्टर गिरी बताउँछन् । बेपत्ता भएका किशोर फेला पर्न नसकेपछि अहिले करिब तीन किलोमिटर तल पुगेर सशस्त्र प्रहरीको उद्धार टोलीले खोजी कार्य गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ भदौ २०८१, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै