काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही केही बेरअघिबाट बैठक जारी रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
यसअघि साउन २३ गते २८ गतेसम्म बसेर बैठक स्थगित गरिएको थियो। बैठकमा प्रस्तुत भएका ११ वटा एजेन्डामा केन्द्रित रहेका आज पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रममा चलिरहेको छ ।
यसअघि केन्द्रीय सदस्यहरूले बोलिसकेका छन् । बैठकमा गत फागुनमा भएको महासमितिको बैठकबाट प्राप्त सुझावका आधारमा परिमार्जन सहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पारित गर्ने तयारी छ ।
तर, महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र अर्का महामन्त्री शर्माको पार्टीबाट प्रधानमन्त्रीदेखि सांसद बन्न कार्यकाल तोक्नुपर्ने प्रस्ताव विवादमा छ । संस्थापन पक्षले महामन्त्रीद्वयको यो प्रस्ताव परिमार्जन गर्न चाहेको छ। तर, इतर पक्ष प्रस्ताव संशोधन गर्न नहुने अडानमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ भदौ २०८१, १३ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्क्रिय तथा पार्टीबाट अलग भएका नेता कार्यकर्तालाई फर्कन काँग्रेसको आग्रह
काँग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
कांग्रेसको देउवा समूहले बोलायो केन्द्रीय समितिको बैठक
केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस