काठमाडौं। उच्च अदालत पाटनसहित मातहतका ११ वटा जिल्ला अदालतमा बिहीबार बिदा दिइएको छ । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएका कारण मातहतका अदालतमा शोक बिदा दिइएको हो ।
ब्रेन ट्युमरका कारण उनको उपचारका बुधवार राति निधन भएको उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले बताए ।
'शोकमा उच्च अदालत पाटनसहित मातहतका ११ वटा जिल्ला अदालतमा बिहीबार कुनै पनि काम/कारवाही नहुने गरी बिदा दिइएको छ,' प्रवक्ता पराजुलीले भने । न्यायाधीश रेग्मी न्याय प्रशासन सेवाबाट उच्च अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
सन्दीपलाई उच्च अदालत पाटनको सफाई