काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणबारे कुरा उठाएका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लाल किल्लामा आयोजित कार्यक्रममा बोल्दै उनले बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने बताए ।
आफूहरूले छिमेकीको सुख र शान्ति चाहेको उनले बताए । ‘बङ्गलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ । हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ,' उनले भने, 'बङ्गलादेशमा जे जस्तो भइरहेको छ त्यो चिन्ताजनक छ ।'
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध भएको सुरु आन्दोलन चर्किँदै गएर सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेकी थिइन् । उनी भारतमा बस्दै आएकी छन् । बंगलादेशमा अहिले अन्तरिम सरकार बनिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ साउन २०८१, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तेस्रो पटक साउदी पुगे भारतीय प्रधानमन्त्री मोदी
भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
हसिनालाई बंगलादेश सुपुर्दगी गर्न मोदीलाई युनुसको आग्रह
भावी पुस्ताका लागि पानीको रक्षा गरौं : प्रधानमन्त्री मोदी
आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?