काठमाडौ । मुलुकमा राजस्व छली गर्ने प्रवृत्ति भयानक रहेको विभिन्न अध्ययनले देखाएको छ।
अर्थ मन्त्रालय तथा राजस्व क्षेत्रमा रहेका अधिकारीहरूले नै विभिन्न व्यापारीहरूले वार्षिक खर्बौं रुपियाँ राजस्व छली गर्ने गरेको तथ्य औंल्याएका छन्।
यद्यपि, त्यसरी राजस्व छली गर्नेहरूमध्ये कममात्रै कानुनी दायरामा आउने गरेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार गत एक वर्षको अवधिमा मात्रै ६ अर्ब ५१ करोड १० लाखको राजस्व छली भएको छ।
विभागले आर्थिक वर्ष २०८०/८१ मा त्यसरी राजस्व छली गर्ने २ सय ३२ जनालाई कानुनी दायरामा ल्याउन सफल भएको छ।
राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ गरी १०९ वटा मुद्दा दायर गर्दा राजस्व छली गर्नेहरूबाट ७ अर्ब ४३ करोड ६५ लाख बिगो मागदाबी गरेको हो। नेपाल समाचार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ साउन २०८१, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
घरजग्गा कारोबारबाट माघ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट असी करोड राजस्व सङ्कलन