काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् ।आइतबार बिहान नेपाल आएका मिस्रीले दिउँसो ओलीसँग भेटवार्ता गरेका हुन् ।
कांग्रेस–एमाले गठबन्धन सहित ओली प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने मिस्री उच्च भारतीय अधिकारी हुन् ।यसअघि उनले नरदेवीस्थित नेपाल भाषा परिषद्को नयाँ भवनको उद्घाटन एवं अवलोकन गरेका थिए ।भारतको विदेश सचिव भएपछि यो मिस्रीको पहिलो नेपाल भ्रमण हो ।
सोमबार बिहान उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम रहेको छ ।उनी सोमबार साँझ स्वदेश फर्किने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १६ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
शिक्षामन्त्रीको राजीनामा र देउवा थाइल्याण्ड भ्रमणबारे बोले प्रधानमन्त्री
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना