चितवन । भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा कुल पुँजीगत बजेटकाे ५६ प्रतिशत मात्रै खर्च गर्न सफल भएकाे छ । दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिइन् । उनले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि गर्नुपर्ने बताइन् । उनका अनुसार चालुतर्फ ८६ प्रतिशत खर्च भएको छ ।
प्रमुख दाहालले गत आवको बजेट समीक्षाबाट आएका सुझावलाई बजेट कार्यान्वयनमा देखिएका चुनौती र समस्याको निवारणका लागि सूक्ष्म रूपले खोजी गरी चालु आर्थिक कार्यक्रमलाई अगाडि बढाउन कर्मचारीलाई निर्देशनसमेत दिइन् । प्रमुख दाहालले जिम्मेवार भई सेवा प्रवाह र सुशासन कायम गर्दै दैनिक परिणाम देखिने गरी काम अगाडि बढाउन आग्रह गरिन् । उनले भरतपुरको सहरी पूर्वाधारमा उल्लेखनीय विकास भए पनि अन्य क्षेत्रमा उकृष्ट नतिजा हासिल गर्न नसकिएको बताइन् । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले प्रगति समीक्षामा देखिएका केही सामाजिक विषयलाई समाधान गर्न मिहिन ढङ्गबाट अगाडि बढाउनुपर्ने औँल्याए । समीक्षामा गत आवमा महानगरपालिकाले गरेका सम्पूर्ण कामहरूको प्रगति, समस्या र चुनौतीको समीक्षा गरी चालु आवमा थप प्रभावकारी ढङ्गबाट बढ्ने नीति लिइएको छ । समीक्षा कार्यक्रममा २९ वडाका सचिवले गत आवमा भएका कामहरूको प्रगति, चुनौती र सम्भावनाका विषयमा प्रस्तुति राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, ११ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवनको ‘प्रचण्ड’ले गरे उद्घाटन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीले हान्यो अश्रुग्यास
भरतपुर महानगरपालिकाद्वारा विपद्का उद्धार सामग्री हस्तान्तरण
‘आत्मनिर्भर भरतपुर’ को रोडम्याप : कृषि, रोजगारी र सुशासनमा दूरदर्शी योजना