एजेन्सी । कोलकाताको एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाइ बलात्कार गरेर हत्या गरिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो ।
भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न शव फेला परेको थियो ।
अनुसन्धान पछि प्रहरीले आरोपी सञ्जयलाई अगस्त ९ मा नै पक्राउ गरिसकेको छ । र, प्रहरीले उनीविरुद्ध हत्या र जबरजस्ती करणी मुद्दा दर्ता गरी १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस मुद्दालाई फास्ट ट्र्याक कोर्टमा पठाइने बताइन्। दोषीलाई मृत्युदण्डको माग गरिएको छ ।
सेमिनार हलमा उनी भेटिदाँ आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । कोलकाता प्रहरीका अनुसार डाक्टरको आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो । उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औंठी औँला र ओठमा पनि चोट लागेको छ ।घाँटीको हड्डी पनि भाँचिएको थियो ।
उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
३१ वर्षीय प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागमा पीजी दोस्रो वर्षमा अध्ययनरत थिइन् । अभियुक्त अस्पतालका कर्मचारी होइन, बाहिरका व्यक्ति हुन् । तर अस्पतालका विभिन्न विभागहरूमा उनको धेरै पहुँच रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, ०९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलात्कार आरोपमा एक युवक पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षका पुरुष पक्राउ
छोरीलाई बलात्कार गरेर भिडिओ बनाउने बुवा पक्राउ
हाेटलमा बाेलाएर बलात्कार गरेको भन्दै प्रहरी जवानविरुद्ध जाहेरी, आत्महत्याको प्रयास गरेकाे दावी
बलात्कार आरोपमा हेटौंडाबाट ७ जना किशोर पकाउ
बलात्कार आरोपमा एकीकृत समाजवादीका नेता पक्राउ