काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।
हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागरिकको शव परीक्षणका लागि यहाँस्थित चिनियाँ राजदूतावाससँग समन्वय भइरहेको व्यवस्थापक पण्डितले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ साउन २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु
उत्तरकाशीमा हेलिकप्टर दुर्घटना, छ जनाको मृत्यु
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
भारतको पूणेमा हेलिकप्टर दुघर्टना, ३ को मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा परेका चिनियाँ नागरिकको अझै खुलेन पहिचान