मैले मन्त्री पदलाई ठुलो र दुर्लभ पद ठानेको छैन : मन्त्री पाण्डे

सफल खबर संवाददाता

विहीबार, २४ साउन २०८१, १४ : ३०
मैले मन्त्री पदलाई ठुलो र दुर्लभ पद ठानेको छैन : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्री पदलाई ठुला र दुर्लभ पद नठानेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

उनले भने, ‘मन्त्री पदलाई मैले ठुलो र दुर्लभ पद ठानेको छैन। म आफ्नो इमान र मेहनतको भरमा काम गरिरहेको छु।उनले अहिले मन्त्रालय मातहतका बेथिति र विसंगतहरूलाई हटाउनका लागि १८ घण्टा काम गरिरहेको बताए ।

उनलाई आफूलाई विकृतिको डुङ्गुर माथि उभिएको अनुभूति समेत भइरहेको बताएका हुन् । उनले आफू संसद्मा तेस्रो पटक आएको बताउँदै कानुनी र संवैधानिक रूपमा सहयोग गर्न समेत अपिल गरेका छन् । साथै  हिजो भएको हेलिकप्टर दुर्घटनापछि आफ्नो साताव्यापी पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको समेत उनले स्मरण  गराएका छन्। 

प्रतिक्रिया दिनुहोस