काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित महिला सामुदायिक वनमा गोदावरी नगरपालिका–११ लिउसन बस्ने ७९ वर्षीय नरी कामी बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यता प्युठानको झिमरूक गाउँपालिका–३ कोटफेरा बस्ने ७३ वर्षीय हिरा सार्की सोही ठाउँस्थित कोठेभिर भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । गत साउन १५ गतेदेखि घरबाट हिँडेकी उनको इलाका प्रहरी कार्यालय ओखरकोटबाट खटिएको प्रहरीले आफन्तको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।
उता बाँकेको जानकी गाउँपालिका–४ किरणनाला खोलामा सोही गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका छन् ।धनुषाको जनकपुर उपमहानगरपालिका–३ बेला बस्ने मोहमद मुसलीम लहेरीकी छोरी ८ वर्षीय सबना खातुन सोही ठाउँ स्थित पानी जमेको खाल्डोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, गोलन्जोर गाउँपालिका–७ सुनकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ साउन २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
गुल्मीमा एक जना महिला मृत फेला
पाल्पामा एक पुरुष मृत फेला
सुर्खेतको देउती बज्यै मन्दिरकी पुजारी मृत फेला
बसुन्धारा र सुन्दरीजलमा २ व्यक्ति मृत फेला