काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ । बैठकमा गत फागुनमा भएको महासमिति बैठकको निर्णयलाई अन्तिम रुप दिने, आन्तरिक संगठनलाई चुस्त बनाउने, भ्रातृ संस्थाको अधिवेशनसहितका समसामयिक विषयमा छलफल हुने जानकारी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले दिए ।
बैठकमा महासमितिमा नीति, सांगठनिक, समसामयिक विषय बारेका प्रस्ताव र प्रतिवेदनमा सदस्यहरूले सुझाव दिनेछन् ।बैठकले प्रत्येक केन्द्रीय सदस्यलाई संगठन सुदृढीकरणको लागि ४ महिनासम्म जिल्लामा खटाउने निर्णय गर्ने जानकारी पनि केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय कार्यालय सानेपामा बैठक कम्तीमा तीन दिन चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखबारे साझा धारणा बनाउने कांग्रेसको निर्णय
कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनीत
काँग्रेस केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी
महामन्त्रीद्वय गगन र विश्वप्रकाशको प्रस्तावमा कांग्रेस सहमतिनजिक
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
विमान दुर्घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त