पेरिस । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।
दोस्रोमा चीनले २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक हात पारेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौँथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक जितेको छ ।
पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्डसले आठ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ साउन २०८१, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरान वार्ता गर्न सहमत
भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता : भारतले रुसबाट तेल आयात रोक्ने
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर