काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए ।
उनले भने, “बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरूमा केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिइने छ ।”
यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरूमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ साउन २०८१, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
झलनाथ खनालले केन्द्रीय समिति बैठकमै मागे माधव नेपालको राजीनामा
केन्द्रीय समिति बैठकका लागि काँग्रेसले तय गर्यो ८ एजेन्डा
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
यस्ता छन् माओवादीको केन्द्रीय समिति बैठकका निर्णय
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक