सिराहा । सिराहाबाट प्रहरीले पोस्तोलसहित दुईजना भारतीयलाई पक्राउ गरेको छ।
लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका का प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको बसमा जाँच गर्दा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ साउन २०८१, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई थान घरेलु पेस्तोलसहित एक नेपाली भारतबाट पक्राउ
ललितपुरबाट पेस्तोलसहित ३ जना पक्राउ
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
सिभिल मलबाट ६ थान नक्कली पेस्तोल बरामद
भारतीय नागरिक पेस्तोलसहित पक्राउ