काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएका छन् ।
मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।
११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् ।
नेमकिपा तटस्थ बसेको छ । आजको प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ
बागमती प्रदेशका दुई जिल्ला अध्यक्ष मात्रै ओलीको पक्षमा !