काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सहकारीमा आफूले निवेदन दिएर ऋण लिएको प्रमाण अहिलेसम्म नपाएको बताए ।
उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’
उनले ठूला भ्रष्टाचारको काण्डहरुमा गलत सूचनाहरु दिएर संसद र राष्ट्रलाई भ्रममा पार्ने काम गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि