काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधि सभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको र सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।
नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रूपले पनि जोडिएको बताउँदै नेपाल जापानबीचको सम्बन्ध जनस्तरमासमेत सुदृढ रहेको उनको भनाइ थियो ।
उनले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्धमासमेत अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै आवाज भएको कारणले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गर्दै खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
नेपाली विद्यार्थीहरूले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उनले सन्तोष प्रकट गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । जापानी प्रतिनिधिमण्डलले जापानी कम्पनीहरूले नेपालमा लगानी गर्न चाहेको हुनाले ती कम्पनीलाई लगानीका लागि सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए ।
उनीहरूले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमा प्रविधि सिकेर नेपाल नै फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताउँदै नेपाल सरकारले त्यस्तो प्रविधि सिकेकाहरूलाई नेपालमै बसेर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।
त्यस्तै उनीहरूले आर्थिक गतिविधिका लागि राजधानी काठमाडौँ बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रित गरी गाउँगाउँबाट जापान जाने र प्रविधि सिकेर त्यही गएर काम गर्ने वातावरण बनाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ साउन २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शीतल निवासमा सुरक्षा निकायको ब्रिफिङ- ‘निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ’
बौद्धिक समुदायका अगुवालाई राष्ट्रपतिको आग्रह- दलहरूलाई खबरदारी गरिनु पर्यो
निर्वाचन सुरक्षाको विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग आज छलफल गर्दै राष्ट्रपति पौडेल
राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक जारी
राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रपति पौडेल अस्पताल भर्ना