सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर भए गोविन्दराज जोशी

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, ०७ : १०
सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर भए गोविन्दराज जोशी

काठमाडौ । पुर्वमन्त्री गेविन्दराज जोशी सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । 

यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुई करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो ।

विशेष अदालतकोे उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस