काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन् ।
आइतबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरण सहित गतिशील बनाउँदै ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको बताएका हुन् ।
उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरू मिलेर आफू नेतृत्वको सरकारलाई ढालेको उल्लेख गरे ।
आफूहरू सरकार छाड्दा विजेताका रूपमा निस्केको र सरकारमा जानेहरू हारेजस्तो देखिएको उनले बताए । प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रित गर्ने अवसर प्राप्त भएको धारणा राखे ।
कार्यक्रममा एमाले, कांग्रेस, रास्वपा लगायत दलमा आबद्ध कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बारपाक पुगेर ‘प्रचण्ड’ले भने-‘विपत्तिबाट उठ्न जनताले देखाएको साहस साँच्चै अद्वितीय छ’
नेपाल पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो : प्रचण्ड
सबै माओवादी घटकहरु एकतावद्ध हुनुको विकल्प छैन : प्रचण्ड