काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यको उर्वर भूमि भएको बताएका छन् । शनिवार नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु नेपालका महत्वपूर्ण सम्पत्ति भएको बताए । उनले नेपालमा मात्रै यस्ता संस्कृति र संस्कार रहेको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल प्रतिभा र साहित्यको उर्वर भूमि रहेको बताए । युगकवि सिद्धिचरण श्रेष्ठ लगायतका युगान्तकारी व्यक्तिहरुले नेपालमा जन्म लिएर नेपालको साहित्यलाई धेरै माथि लगेको बताए ।
उनले भने, ‘मैले धेरै ठाउँमा भन्ने गरेको छु, हाम्रो भूमिमा वनजंगल, घाँस पात, पानी पधेँरा, रोधीहरु यी साधारण कुरा होइन, हाम्रो धर्तीमा मात्रै छ । यस धर्तीमा मात्रै छ । यस ठाउँमा मात्रै छ । त्यो प्रतिभा हो । यसरी साहित्यको विकास हुँदै आयो । त्यसैले यो साहित्यको अत्यन्त उर्वर थलो हो ।’
प्रधानमन्त्री ओलीले नेपालमा सिद्धिचरण श्रेष्ठ जस्ता युगान्कारी कविहरुदेखि लिएर थुप्रै स्रष्टाहरु जन्मिएका बताउँदै भने, ‘यहाँ सिद्धिचरण श्रेष्ठ जस्ता युगान्कारी कविहरुदेखि लिएर अरु निवन्धकार, उपन्यासकार, महाकाव्यकारहरु थुप्रै, हास्यव्यंग्यकारहरु त्यस्ता साहित्यकारहरु नेपाली भूमिमा रहे । अहिले त्यो साहित्य, आज त्यो साहित्य अलिक अघि बढ्न खोजेको छ तर कुन बाटो लिने र कसरी माथि उठ्ने भन्ने बहस चलिरहेको छ ।’
प्रधानमन्त्री ओलीले नेपालको साहित्य अगाडि बढ्न खोजेपनि कुन बाटो लिने र कसरी अघि बढ्ने भन्ने बहस चलिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ साउन २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली