भाजपाका कोषाध्यक्ष अग्रवाल नेपाल आउँदै

सफल खबर संवाददाता

विहीबार, १० साउन २०८१, १० : ५३
भाजपाका कोषाध्यक्ष अग्रवाल नेपाल आउँदै

काठमाडौँ । भारतीय जनता पार्टीका कोषाध्यक्ष राजेश अग्रवाल आज नेपाल आउँदै छन् । कोषाध्यक्ष अग्रवालको यो नेपालको निजी भ्रमण भए पनि यहाँ उच्चस्तरीय भेटघाटको पनि कार्यक्रम रहेको बताइएको छ ।

नेपालमा भाजपा निकट रहेर काम गर्दै आएका एक स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल सत्ता पक्ष र विपक्षी दलका केही शीर्ष नेतासँग भेटघाट गर्नुका साथै केही मन्त्रीसँग पनि भेटघाटको कार्यक्रम रहेको छ ।स्रोतका अनुसार कोषाध्यक्ष अग्रवाल कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणामा  नेपाल आउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस