काठमाडौ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ९२ अर्बको आयात हुुँदा चार खर्ब २० अर्ब रुपियाँ राजस्व सङ्कलन भएको छ ।
गत वर्ष छ खर्ब २७ अर्ब रुपियाँको राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा चार खर्ब २० अर्ब रुपियाँ मात्र सङ्कलन भएको विभागले जनाएको छ ।
आयात घट्दा राजस्व सङ्कलनमा समेत कमी आएको हो । आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ७७ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
नेपालले विश्वका विभिन्न १७० वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । तीमध्ये ३५ वटा देशसँगको व्यापारमा मात्रै नेपाल नाफामा छ । बाँकी सबै देशसँगको व्यापार घाटामा छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०८ साउन २०८१, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
कर विवरण नबुझाउने ८ करदातालाई आन्तरिक राजस्व कार्यालय चाबहिलको १५ दिने अल्टिमेटम
आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट दश महिनामा करिब ६ अर्ब राजस्व सङ्कलन
राजस्व चुहावट रोक्न भन्सार नाकामा कडाइ
खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व