दरिद्रताको अन्त्य नभएसम्म समृद्ध नेपाल निर्माण हुँदैन : गृहमन्त्री थापा

सुरेन कुँवर

बुधबार, १७ असोज २०७५, १७ : ३१
दरिद्रताको अन्त्य नभएसम्म समृद्ध नेपाल निर्माण हुँदैन : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा देखिएको दरिद्रताको अन्त्य नभएसम्म समृद्धि नआउने दाबी गर्नुभयो ।
नेपाल सरकार गृहमन्त्रालयद्धारा आयोजित ‘लागू औषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका हिंसा न्यूनिकरण सम्बन्धी सचेतना एवं अन्तरक्रिया’ बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले दरिद्रताका कारण नेपाली जनता अहिलेपनि दुःख,पिडित बन्नु परेको बताउनुभयो ।
राजनीतिक समस्या हल भएपनि अर्को समस्याको समधान भएको छैन, उहाँले भन्नुभयो, “हामी अहिले दरिद्रतामा छौ ? कारण के हो ? यसका बाधकहरुलाई सखाप पार्नै पर्छ ।”
गृहमन्त्री थापाले देशमा भएका भष्ट्रचारी, ठगी, तस्कारी, बलत्कारी र विखण्डनकारी निष्तेज पार्न जरुरी रहेको बताउनुभयो ।
पछिल्लो समय देशमा देखिएको हत्या, हिंसा, बलत्कारका घटना वद्धि हुदै जानुमा नोकरसाह पुँजीवादको हात रहेको आरोप लगाउनुभयो । यो समस्यालाई छलफल, विरोध र अन्तरक्रिया गरेर मात्र नहुने भन्दै मन्त्री थापाले अन्दोलनको रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । अभियान सरकारले चलाउन सक्दैन,उहाँले भन्नुभयो ,“जनता ,संघसंस्था, राजनीतिक दलहरुको संयुक्त प्रयासमा अन्दोलन सम्भव छ । अभियानलाई अन्दोलनकै रुपमा बुझ्न जरुरी छ ।”


गृहमन्त्री थापाले सरकारले आफ्ना कमजोरीहरु सच्चाउदै, विभिन्न क्षेत्र,राजनीतिक दल,वर्गसँग सहकार्य गरेर हत्या हिंसा विरुद्ध आन्दोलन गर्ने उल्लेख गर्नुभयो ।
आफैलाई रुपान्तरण नगरेसम्म हाम्रा दिदी बहिनीहरु  उत्पिडिन  सहन बाध्य हनुे उहाँको भनाई छ । समुन्त नेपाल निर्माण गर्न गुण्डागर्दी ,तस्करी ,कालोबारीको अत्न्य हुनुपर्ने धारणा राख्नुभयो ।


 

प्रतिक्रिया दिनुहोस